नेता नेपालको आरोप : प्रधानमन्त्री ओली ‘झुटको पुलिन्दा’ « Khabarhub

नेता नेपालको आरोप : प्रधानमन्त्री ओली ‘झुटको पुलिन्दा’


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव नेपाल–प्रचण्ड समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली झुटको पुलिन्दा भएको आरोप लगाएका छन् ।

दाहाल-नेपाल समूहले काठमाडौंमा गरेको बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

‘प्रधानमन्त्री ओलीजी झुटका पुलिन्दा हुन्। उनले के बोलिरहेका छन् थाहा पाइँदैन, केपी ओलीसँग कम्युनिस्ट सिद्धान्तप्रति कुनै प्रतिवद्धता छैन’, उनले भने, ‘उहाँ फोहोरको डंगुर हो, डुङडुङी गन्हाउँदा पनि शरीरमा बोक्नु परेको छ भनेर वामदेव कमरेडले भन्नु भएको थियो। अहिले पनि वामदेव कमरेडलाई सुधार्न बालुवा पेलिरहनु भएको छ। तर केपी ओली सुध्रिने मान्छे होइनन्। उहाँ भाँचिन तयार हुनुहुन्छ तर झुक्न जान्नु हुन्न।’

ओलीले अहिले नेतृत्व गरिरहेको नेकपाको एउटा समूहलाई पनि नेपालले सडक छापको संज्ञा दिए।

नेता नेपालले भने,’ओली आफैं बेकामे हुन्। ओलीको पार्टी सडक छाप हो। सडकको धुलो मात्रै हो।’

उलने ओली शिष्ट नभएको पनि आरोप लगाए । उनले पदमा पुगेपछि ओली निरंकुशता बढ्दै गएको समेत बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ५० बजे

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको

राष्ट्रपति पौडेलले देउवा, ओली र प्रचण्डसँग संवाद गर्ने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग भेटवार्ता

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा