‘मास्टर’ र ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न हल पुग्लान् दर्शक ? « Khabarhub

‘मास्टर’ र ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न हल पुग्लान् दर्शक ?


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीले नेपाली फिल्म क्षेत्र लामो समय थला पर्‍यो । यसै पनि वर्षमा केही फिल्मले मात्र नाफा कमाउने नेपालको फिल्म क्षेत्र कोरोना कहरपछि लगभग शून्य भयो ।

स्थिति सामान्य हुन थालेसँगै अब भने फिल्म मेकरले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । यद्यपि रिलिज हुन बाँकी पुराना फिल्म भने अझै पनि रिलिज गरिने तयारी थालिएको छैन ।

भोलिदेखि भने नेपालका हलमा दुई नयाँ फिल्म रिलिज गरिने भएको छ । नेपालका फिल्म हलमा दक्षिण भारतीय फिल्म ‘मास्टर’ रिलिज हुँदैछ ।

यो फिल्मले रिलिजअघि राम्रो प्रतिक्रिया कमाएको छ । साउथका दुई सुपरस्टार विजय र विजय सेतुपतीको शीर्ष भूमिका रहेकाले पनि फिल्म प्रतीक्षित बनेको छ ।

नेपालमा पनि यो फिल्मले धेरथोर दर्शक बटुल्ने आँकलन गरिएको छ ।

यस्तै भोलिदेखि नेपालमा ‘एउटा यस्तो प्रेम कहानी’ पनि रिलिज हुँदैछ । यो फिल्ममा अभिनेता शिव श्रेष्ठ छोरा शक्ति श्रेष्ठ र करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको अभिनय रहेको छ । मंगलबार सेन्सर पास भएको यो फिल्मले पीजी सर्टिफिकेट पाएको छ ।

शिव श्रेष्ठको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, सञ्जोग कोइराला लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : ०३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर