काम गर्न नदिएको प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती (भिडियोसहित) | Khabarhub Khabarhub

काम गर्न नदिएको प्रमाण देखाउन ओलीलाई प्रचण्डको चुनौती (भिडियोसहित)


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई काम गर्न नदिएको प्रमाण दिन चुनौती दिएका छन् ।

बुधबार काठमाडौंमा आयोजित दाहाल-नेपाल पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीले सरकारलाई काम गर्न नदिएपछि संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको भनाइको खण्डन गर्दै प्रमाण देखाउन चुनौती दिएका हुन् ।

अध्यक्ष दाहालले भने, ‘पार्टीले मलाई काम गर्न नदिएको हुँदा संसद् विघटन गरेँ भन्ने दाबी गर्दै आउनु भएको छ । पार्टीले कहाँ घेराबन्दी गर्‍यो ? पार्टीले कुन काममा बाधा हाल्यो । एउटा प्रमाण दिनुस्, चुनौती दिन चाहन्छु केपी ओलीलाई ।’

निर्वाचन आयोग र सर्वोच्च अदालतसँग आफूहरु भरोसा कायम रहेको पनि दाहालले बताए । उनले केपी ओलीले संविधान मिचेजस्तै अन्य संवैधानिक निकायले पनि त्यही गर्न थाले जनताले हेरेर नबस्ने बताए ।

हेरौँ भिडियो

दाहालले केपी ओलीको ‘नौटंकी र जोकरपन’को पछाडी कोही नलाग्ने पनि दाबी गरे । ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै दाहालले पार्टी बैठक, विधि विधान मिचेर हिँड्ने ओली नै भगौडा भएको जनाए ।

उनले भने ‘बडो अनौठो लाग्छ । उहाँले एक ठाउँ बोल्दा हामीलाई भगौडा भन्नु भएछ । सुन्न पनि कान के थुन्नु पर्ने । लाजैमर्दो । ७२ प्रतिशत केन्द्रीय समितिको सदस्य भगौडा रे ! यस्तो पनि हुन्छ ?’

ओलीले कुर्सी छोड्नुपर्छ भनेर असंवैधानिक कदम चालेको आरोप लगाए । ओलीको कदमले देश र संविधान बर्बाद भएको उनले बताए ।

जी न्यूजलाई दिएको अन्तर्वार्ता नाटक

प्रधानमन्त्री केही दिनअघि भारतीय टेलिभिजन ‘जी न्युज’लाई दिएको अन्तर्वार्तालाई अध्यक्ष दाहालले नाटकको संज्ञा दिएका छन्।

उनले भने, ‘त्यो ( जी न्युजको अन्तवार्ता) नाटकै हो। नाटकको पटाक्षेप आज भइसक्यो। त्यही जि न्युजले एभरेष्टको नाम फेर्ने रे।’

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ४ : ४० बजे

प्रचण्डको निष्कर्ष- कांग्रेस-एमालेको अहंकारले देशमा भयानक अवस्था आयो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूला भनिने

दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ

सुर्खेत- दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक

‘संविधानलाई धक्का लागेको छ, समयमै निर्वाचन गरेर ट्रयाकमा ल्याउनुपर्छ’

काठमाडौं– संविधानविद् र अधिकारकर्मीहरूले नेपालको वर्तमान संविधानलाई समयानुकूल तुल्याउँदै रक्षा

माओवादी फरक धातुहरूले बनेको पार्टी हो : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी

आगोले निभाउन नसकेको नेताको अहं

निवर्तमान प्रधानमन्त्री केपी ओली मध्यरातमा आइप्याड चलाएर बालुवाटारमा बसिरहेका थिए