प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यता : नेता अधिकारी « Khabarhub

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यता : नेता अधिकारी


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रतिनिधिसभाको विघटन प्रधानमन्त्रीको रहर नभई बाध्यता भएको बताएका छन ।

नेकपा पोखरा महानगरपालिका वडा नं १७ द्वारा आज आयोजित वडास्तरीय कार्यकर्ता भेलामा उनले समृद्धि र विकासका मार्गमा सरकार अघि बढिरहँदा पार्टीभित्रबाटै विभिन्न नाममा घेराबन्दी गरिएको बताए ।

स्वाधीनताका पक्षमा पार्टी कार्यकर्तालाई उभिन आग्रह गर्दै उनले अवसरवादीका एवं विदेश परस्त प्रवृत्तिसँग बेलैमा जोगिनुपर्नेमा जोड दिए ।

पार्टी एकीकरण बखतका विधानलाई अक्षरशः मनन गर्न आग्रह गर्दै पार्टी सिद्धान्त तथा वैचारिक स्पष्टताका साथ उभिन उनले कार्यकर्तालाई आग्रह गरे ।

पोखरा महानगरपालिकाका प्रमुख एवं पार्टी केन्द्रीय सदस्य मानबहादुर जिसीले चैतमा घोषणा भएको महाधिवेशनसम्म कुर्न नसक्नेले चुनावमा जितेर प्रधानमन्त्री बन्नका लागि निर्वाचानमा चुनौती दिए ।

निर्वाचनसँग डराएर सडक आन्दोलनमा लाग्नेले नेपाली जनताको भाग्य र भविष्यप्रतिको षड्यन्त्र भएको बताउँदै अध्यक्ष र महासचिव भएको पार्टी आधिकारिक हुने विश्वास व्यक्त गरे ।

नेकपा केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य कृष्ण थापाले वैशाखमा निर्वाचन भएरै छाड्ने विश्वास व्यक्त गर्दै त्यसका लागि कार्यकर्ता सङ्गठित भएर जुट्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टी केन्द्रीय मीना गुरुङ, झकबहादुर थापा, मनुखत्री, पोखरा– १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, कार्यपालिका सदस्य राधिका शाही योगी, पार्टी जिल्ला कमिटी सदस्य भेषराज बराल, पार्टी वडाध्यक्ष सुभाष ढुङ्गाना, लालबहादुर रानालगायतले राज्यको सम्पत्ति र सरकारी जमिन लुटेरालाई जनताले कारवाही गरेरै छाड्ने बताए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ९ : १४ बजे

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउन गृहमन्त्रीको निर्देशन- ‘भोलि नभनी आजै र अहिल्यै’ काम गर्नू

काठमाडौँ – गृह मन्त्रालयले देशको शान्ति सुरक्षा र अपराध नियन्त्रणलाई

किम्बु बिरुवाको माग बढ्दो

चितवन– रेशम किरापालनका लागि परम्परागत रूपमा प्रयोग हुँदै आएको किम्बु

टेम्केमैयुङको प्रशासकीय भवन निर्माण हुने

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको नयाँ प्रशासनिक भवन निर्माण हुने भएको

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ३६ बालिकाहरुलाई पाँच हजारसहितको

बालेन सरकारले अपारदर्शी ढंगले विदेशी ऋण लिएको एमाले महासचिव पोखरेलको आरोप

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वालेन्द्र शाह