२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? | Khabarhub Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १४३ पुगेको जानकारी दिएको छ । जसमा पछिल्लो २४ घण्टामा ४४५ जना संक्रमित थपिएका हुन ।

थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, तेह्रथुममा १, पाँचथरमा १, भोजपुरमा १, मोरङमा ११ र सुनसरीमा ३ जना छन् । त्यस्तै प्रदेश २ को धनुषामा १, पर्सामा ३, सप्तरीमा २३, सर्लाहीमा १ र सिरहामा ४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा १८९, काभ्रेमा ७, चितवनमा १, दोलखामा ५, धादिङमा ४, नुवाकोटमा २, भक्तपुरमा १९, मकवानपुरमा ३, रसुवामा ३, ललितपुरमा ३८ र सिन्धुपाल्चोकमा ४ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा २ र बागलुङमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा ५, गुल्मीमा २, दाङमा २, नवलपरासीमा १, पाल्पामा २, बर्दियामा ६, बाँकेमा २५, रोल्पामा १ र रुपन्देहीमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा १ जना कोरोना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको डोटीमा १ र बझाङमा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ५० बजे

करेण्ट लागेर गुल्मीमा एक युवकको मृत्यु

गुल्मी– गुल्मीमा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

एजेन्सी– फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा

नेत्रज्योति सङ्घद्वारा विदेशमा पनि सेवा विस्तार

काठमाडौं–  नेपाल नेत्रज्योति सङ्घले मुलुकबाहिर आँखा सेवा उपलब्ध गराउन सुरुआत

विद्यार्थी र शिक्षकको मेहनतले एसईईको नतिजामा सुधार आएको हो : प्रधानमन्त्री 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को

पार्टीभित्र स्वार्थ खोज्नेहरूको हिसाब किताब गरिन्छ : ओली

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा