राष्ट्रिय महिला लिगमा आज दुई खेल « Khabarhub

राष्ट्रिय महिला लिगमा आज दुई खेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिका भिड्नेछन् ।

दोस्रो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।

विभागीय टिम एपीएफ र वालिङबीचको खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।

८ खेलसम्म अपराजित एपीएफ २४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अंक दूरी फराकिलो बनाउन चाहन्छ ।

वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन ।अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ ।वालिङ १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

विराटनगर र चौदण्डीबीचको खेल भने अपरानह्न ३ बजे सुरु हुनेछ । विराटनगर ९ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

चौदण्डीलाई हराएर विराटनगर अंक तालिका सुधार गर्न चाहन्छ । चौदण्डी भने अंक विहीन रहेको छ । चौदण्डी पुछारमा रहेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ७ : ५८ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको