नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने « Khabarhub

नेकपा ओली समूहको बुटवलमा शक्ति प्रदर्शन, ओलीले सम्बोधन गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको  ओली समूहले आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा हुने सभामा अध्यक्ष ओलीलगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन्। सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

माघ २८ मा दाहाल-नेपाल समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेकै दिन मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक सञ्जालमा एकै प्रदेशको विशाल सभा कस्तो हुन्छ हेर्न बुटवल आउनु भन्दै कटाक्ष गरेका थिए ।

मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने सभाअघि र्‍यालीले नगर परिक्रमा गर्नेछ ।

सभामा रूपन्देही जिल्लाबाट मात्रै एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका मुख्यमन्त्री पोखरेलले बताएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजित छ । ओली पक्षधरहरू चुनावी पक्षमा जनलहर देखाउन शक्ति प्रदर्शन गरिरहेको छन् भने दाहाल-नेपाल समूह चुनावलाई चुनौती दिँदै प्रतिनिधिसभा पुनर्स्थापित हुन पर्ने मागसहित संघर्षमा छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ९ : ५५ बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको