आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड (भिडियोसहित) « Khabarhub

आवश्यक परे फेरि बलिदान दिन तयार छौँ : प्रचण्ड (भिडियोसहित)


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हजारौँ शहीदको बलिदानीपछि प्राप्त गणतन्त्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धरापमा पारेको आरोप लगाएका छन् ।

ओलीले शहीदको रगतले लेखेको संविधान नै धरापमा लाने कोशिस गरेकाले त्यसकाविरूद्ध लड्नु पर्ने अवस्था आएको बताएका छन् ।

हेरौँ भिडियो

जनयुद्ध दिवसको अवसर पारेर पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा दाहालले भने, शहीदको सपनालाई कुल्चिने प्रयास भएको छ । हामी  मर्नबाट बचेका मान्छेका आँखा अगाडि शहीदको सपना कुल्चने प्रयास भएको छ,’ दाहालले भने, ‘हामी जीवन मरणको अवस्थामा छौँ, उनीहरूको सपनालाई कुल्चिन दिन्नौँ यो प्रण गर्छौँ ।’

आजै दाहालले बारबर्दिया नगरपालिकाले आयोजना गरेको ‘जीवनगाथा’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शहीदको बलिदानीपछि प्राप्त उपलब्धि रक्षाका लागि एकतावद्ध हुन अपिल गरेका थिए ।

२५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा तत्कालीन माओवादीहरुले यो दिवस मनाउँदै आएका छन् ।

संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै माओवादीले रोल्पा, सिन्धुली र गोरखाका विभिन्न प्रहरी चौकीमा आक्रमण गरेर तत्कालीन माओवादीले नेपालमा सशस्त्र विद्रोहको शुरूवात गरेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ११ : १४ बजे

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ

आज यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सीमा तस्करी रोक्न गृहमन्त्रीको निर्देशन : भन्सार प्रणाली सुधार्न र दर पुनरावलोकन गर्न सांसदको सुझाव

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशका सांसदसँग

रास्वपा सचिवालय बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांगठनिक र संरचनागत

इटहरी गोल्डकपः प्लानिङ ब्वाइज फाइनलमा

धरान : प्लानिङ ब्वाइज काठमाडौँ १६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल