काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु « Khabarhub

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु


२२ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु पसलमा खसीको मासु भन्दै बाख्रीको मासु बेचिरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पसलमा छापा मारेको थियो ।

चेकजाँचका क्रममा पसलमा बाख्री काटेर मासु बिक्री वितरण गरिरहेको पाइएको थियो । थप एउटा जिउँदो बाख्री काट्न तयारी अवस्थामा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूले बाख्रीको अंगमा खसीको भाग टेपले टाँसेर मासु बेचिरहेको भेटिरहेको थियो ।

प्रहरीले पसल सञ्चालक भारतको बिहार, सीतामढी घर भई हाल रातोपुल बस्ने २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भएका सिफल बस्ने १८ वर्षीय अरुण कार्की र हेटौंडा घर भई हाल रातोपुल बस्ने २१ वर्षीय सुजन रसाईलीलाई शनिबार पक्राउ गरेको हो ।

उनीहरूमाथि कालोबजारी गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति लिएर चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार  ६ : ०८ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक