झापाका १० पर्यटकीय योजनालाई ३३ करोड « Khabarhub

झापाका १० पर्यटकीय योजनालाई ३३ करोड



झापा– सरकारले छनौट गरेको देशभरका दुई सय नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा झापाका १० ओटा स्थान परेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छनौट गरेको सुचीमा समावेश पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धनको लागत भने ४८ करोड रुपैयाँभन्दा बढि रहेको छ ।

यी हुन्, ठूला योजना
मन्त्रालयको छनौटमा परेका गतन्तव्य तथा योजनाहरुमा अर्जुनधाराको हलुवागढ पर्यटन प्रवद्र्धन परियोजनाको कुल लागत ६ करोड ७० लाख रुपैयाँ अनुमान गरिएकोमा मन्त्रालयबाट ४ करोड ३५ लाख रुपैयाँ छुट्याईएको छ ।

यस्तै शिवसताक्षीको दोमुखा चिल्ड्रेन पार्कको कुल लागत २ करोड रहेकोमा १ करोड ३० लाख मन्त्रालयबाट बिनियोजन हुने तय भएको छ ।

६ करोड ९० लाख रुपैयाँ कुल लागत अनुमान रहेको कन्काई नगरपालिकाको कन्काई सामुदायीक वनस्पति उद्यानका लागि मन्त्रालयबाट ४ करोड ४९ लाख, ६ करोड ७३ लाख रुपैया कुल अनुमान रहेको भद्रपुरको साईन्स सिटीका लागि ४ करोड ३८ लाख मन्त्रालयबाट बिनियोजन हुने भएको छ ।

समान लागतका मध्यम योजना

प्रस्ताव आह्वान गरी छनौट गरिएका झापाका पर्यटकीय गन्तव्यहरुमा हल्दिबारीको भेलागढी लोकतान्त्रिक शहीद स्मृति पार्क, बाह्रदशीको साधूपति झिल सिमसार, नेपालकै होचो भुभाग कचनकवल गाउँपालिकाको केचना स्तम्भ तथा झिल, गौरीगञ्जको कोरोवारी सिमसार तथा कमल गाउँपालिकाको साधुहोली सिमसार रहेका छन् ।

यी प्रत्येक योजनाको कुल लागत ५ करोड रुपैयाँका दरले अनुमान गरिएको छ भने मन्त्रालयले ३ करोड ५० लाख रुपैयाँका दरले बिनियोजन गरेको छ । यस्तै १ करोड ५० लाख रुपैयाँ कुल लागत अनुमान रहेको दमक नगरपालिकाको ईन्द्रेणी तालका लागि ९८ लाख रुपैयाँ मन्त्रालयले छुट्याएको छ ।

झापामा छनौट गरिएका योजनाहरुको कुल लागत ४३ करोड ८३ लाख रुपैयाँ अनुमान गरिएको छ । मन्त्रालयले ३३ करोड बिनियोजन गरेको जनाएको छ भन बाँकी रकम साझेदारको रुपमा स्थानीय तहले स्रोत जुटाउनु पर्नेछ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  २ : ४५ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको