नेकपा फुटेको छैन, स्वार्थीहरु किनारा लागेका हुन् : नेता पौडेल | Khabarhub Khabarhub

नेकपा फुटेको छैन, स्वार्थीहरु किनारा लागेका हुन् : नेता पौडेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्तिहरुले किनारा लागेको बताएका छन ।

बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गरे ।

‘नेकपा पार्टी फुटेको छैन । केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै किनारा हुन्,’ उनले भने ,‘नेपाली जनताले नेकपालाई फुट्न दिदैनन् ।’

पार्टी भित्रबाटै सरकार ढाल्ने र ओलीलाई अध्यक्षबाट समेत हटाउने प्रपञ्च रच्न थालेपछि यो अवस्था आएको नेता पौडेलले बताए । महासचिव पौडेलले निर्वाचन आयोगले पार्टी फुटेको भन्न नमिल्ने अभिव्यक्ति दिएकाले पनि पार्टी नफुट्ने र मिलेर चुनावमा जाने दाबी गरे ।

महासचिव पौडेलले जनता केपी ओलीको पक्षमा रहेको र अबपनि केपी ओलीकै नेतृत्वमा चुनाव हुने र सरकार बन्ने दाबी गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ३० बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन