नेकपा फुटेको छैन, स्वार्थीहरु किनारा लागेका हुन् : नेता पौडेल « Khabarhub

नेकपा फुटेको छैन, स्वार्थीहरु किनारा लागेका हुन् : नेता पौडेल


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल— नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा पार्टी नफुटेको तर केही स्वार्थी व्यक्तिहरुले किनारा लागेको बताएका छन ।

बुटवलमा ओली पक्षले शनिबार गरेको जनसभालाई सम्बोधन गर्दै पौडेलले नेपाली जनता नेकपाको पक्षमा रहेको र उनीहरुले पार्टी फुट्न नदिने दाबी गरे ।

‘नेकपा पार्टी फुटेको छैन । केही स्वार्थी, लोभी र विभाजनकारी तत्व मात्रै किनारा हुन्,’ उनले भने ,‘नेपाली जनताले नेकपालाई फुट्न दिदैनन् ।’

पार्टी भित्रबाटै सरकार ढाल्ने र ओलीलाई अध्यक्षबाट समेत हटाउने प्रपञ्च रच्न थालेपछि यो अवस्था आएको नेता पौडेलले बताए । महासचिव पौडेलले निर्वाचन आयोगले पार्टी फुटेको भन्न नमिल्ने अभिव्यक्ति दिएकाले पनि पार्टी नफुट्ने र मिलेर चुनावमा जाने दाबी गरे ।

महासचिव पौडेलले जनता केपी ओलीको पक्षमा रहेको र अबपनि केपी ओलीकै नेतृत्वमा चुनाव हुने र सरकार बन्ने दाबी गरे ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  ५ : ३० बजे

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज सोमबार, भगवान शिवको पूजा यसरी गर्नुहोस्

आज २०८३ साल असोज १९ गते सोमबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज १९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १९ गते सोमबार सन् २०२६