प्रदेश २ सरकारले पाँच वटा बस फागुनभित्रै सञ्चालन गर्ने « Khabarhub

प्रदेश २ सरकारले पाँच वटा बस फागुनभित्रै सञ्चालन गर्ने


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन सेवा फागुनभित्रै सञ्चालनमा ल्याउने बताएका छन ।

मन्त्रालयले शनिबार पत्रकार साम्मेलन गरी पाँच वटा बस फागुन अन्तिम सातासम्म सञ्चालनमा ल्याइने बताएको हो । आम नागरिकलाई सहजताको लागि ल्याइएको बस सेवा प्रदेशको सबै जिल्ला सदरमुकाम भएर गुड्ने छन् ।

सरल तथा सुलभ यातायात सेवा प्रदान गर्ने उद्देश्यले मन्त्रालयले दीपावलीको अवसर पारेर पाँचवटा बस खरिद गरेको थियो ।

यद्यपि कार्यविधि अभाव तथा भुक्तानी हुन नसकेका कारण केही समय ढिलो भएको मन्त्री सोनलले बताए । कार्यविधि निर्माणमा केही समय लाग्ने भन्दै कार्यविधि निर्माण भए लगत्तै बस सेवा सञ्चालनमा आउने मन्त्री सोनलको भनाइ छ ।

‘कार्यविधि निर्माण कार्य अन्तिम चरणमा छ, बस चाँडै सञ्चालनमा आउँछ,’ उनले भने, ‘मन्त्रालयले पाँचवटै बस भ्याटसहित तीन करोड ९ लाख ८२ हजार रूपैयाँमा खरिद गरेको छ ।’

मन्त्री सोनलका अनुसार बस सेवा सञ्चालनका लागि एउटा सञ्चालक समिति गठन गरिने छ ।

प्रदेश परिवहन सेवा सञ्चालनमा आएपछि सार्वजनिक यातायातभन्दा सरल, सुलभ, सुरक्षित र व्यवस्थित हुनेछ । ५० सिट क्षमता भएको सो बसमा सीसीटीभी क्यामेरा, स्वचालित ढोका र वाइफाईको सुविधा समेत छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ४० बजे

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत