दयालका ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ « Khabarhub

दयालका ‘बेवारिसे लौरो’ र ‘लकडाउन’


१ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बैतडीका कवि एवं गजलकार कर्ण दयालको कवितासंग्रह ‘बेवारिसे लौरो’ र गजलसंग्रह ‘लकडाउन’ सार्वजनिक भएका छन् ।

कवि दयालका अनुसार कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, आर्थिक, नैतिक एवं राजनीतिक पक्षका भोगाई समेटिएका छन् ।

यो संग्रहमा पछिल्लो तीन वर्षयता रचना गरिएका विविध भावका ३९ वटा कविता समाविष्ट छन् ।

गजलसंग्रह ‘लकडाउन’ विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) महामारीमाझ लेखिएको हो ।

संग्रहमा गजलमार्फत कोभिड नियन्त्रणका लागि विश्व नै लकडाउनमा जानुपरेको, त्यसले जनजीवन अस्तव्यस्त बनाएको र नेपालमा त्यसले पारेको असर र प्रभावका भाव व्यक्त गरिएको छ ।

दयालका यसअघि पनि ‘आमनेसामने’ लगायत चारवटा गजलकृति प्रकाशित भइसकेका छन् । ‘बेवारिसे लौरो’ र ‘लकडाउन’ सम्पादन हाउसको सहकार्यमा काठमाडौंबाट युरेका पब्लिकेशनले बजारमा ल्याएको हो । सम्पूर्ण किताब वितरक रहेको दुवै कृतिको मूल्य दुई सय रुपैंयाँ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : ४५ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट