ढुंगामा कोरिएको जिन्दगी « Khabarhub

ढुंगामा कोरिएको जिन्दगी



बाग्लुङ– एउटा हातमा छिनो, अर्को हातमा हतौडा । निर्जीव ढुंगामा छिनो र हतौडाले हिर्काउँदै हिर्काउँदै गरेर एउटा आकृति बन्छ । तिनै बेवारिसे ढुंगाको सुन्दर स्वरुप बनाउने काम गर्छन्, बाग्लुङ श्रीनगरटोलका ४६ वर्षीय सुभाषचन्द्र लामिछाने । उनले यसरी ढुंगा फोरेर जीन्दगी चलाउन थालेको २८ वर्ष भयो ।

लामिछाने सानोमा चित्र बनाउन मन पराउँथे । २ कक्षामा पढ्दाखेरि नै उनले चित्र बनाएर अञ्चलस्तरको प्रतियोगितामा बाजी मारेका थिए ।

कागजमा शिशाकलमले कोरेर बनाउने गरेको आकृति उनले उमेर बढ्दै जाँदा ढुंगामा कोर्न थाले । लामिछाने अहिले ढुंगाको आकर्षक मूर्ति र शिलालेख लेखनमा गण्डकी प्रदेशमै अब्बल मानिन्छन् ।

बेवारिसे छाडिएको ढुंगा मानिस कुल्चिएर हिड्छन् । तर त्यहि ढुंगालाई मुर्ति कुँदेर मन्दिर भित्र राखिएपछि भगवान सम्झिएर पूजा गर्छन् । ढुंगालाई कुदेर भगवान बनाउन सक्ने कला भएका लामिछाने आफ्नो कलामा व्यवसायिकता अंगाल्छन् ।

हस्तकलाबाट काम नलाग्ने ढुंगालाई मन मस्तिष्कमा अटाउने बनाउन सिपालु लामिछानेलाई पछिल्लो समयको विद्युतीय औजारले अझै बढी सहजता बनाएको छ ।

कुस्मा नगरपालिका–१० गहतेपखराबाट एसएलसी उत्तीर्ण गरेका लामिछाने मात्र होइन, उनका चारैजना दाजुभाइले पनि ढुंगा फोरेर जीवन उतार्न थालेका छन् । धेरै चोटहरु खाएको ढुंगा जब सुन्दर आकृति बन्द कतै चोट लागेर दुख्ला कि जस्तो हुन्छ ।

त्यहि भावनामा खेलिरहेका लामिछानेले आफ्नो रहरलाई ब्यवसायिकता बनाउन सकेकोमा गर्भ गर्छन् ।
ढुंगालाई कुदेर मायाँ प्रेमका भाव झल्किने आकृतिदेखि मन्दिरमा सजिएर बन्ने थुप्रै देवी देउताका मन्दिरहरु उनकै हातमा निर्माण भएका छन् भने मार्बल ढुंगाहरुमा जीवन्त रहने अक्षरहरु उनका जीवनकथाजस्तै गरी कोरिएका छन् ।

पर्वतको कुश्मा बजारबाट मूर्ति बनाउने ब्यवसाय थालेका उनले एसएलसी उत्तीर्ण भएलगत्तै आफ्नो कलालाई ब्यवसायमा उतारेका हुन् ।

पहिलो पटक पञ्चदेवीको मूर्ति बनाएर आफ्नो कलालाई ब्यवसायमा ढाल्न सफल भएका उनले सयौं देवीदेवताका मूर्तिहरु बनाएका छन् । उनले बनाएका मूर्तिहरु बाग्लुङ, पोखरा हुँदै काठमाडौँसम्म पनि पुग्ने गरेका छन् ।

आफूले कुदेर बनाएको ढुंगा भगवान भएर मन्दिरमा सजिएकोमा पनि उनको सधैं पुलकित हुन्छ ।

पहिले पहिले महिनौं लगाएर तयार गरिने मूर्तिहरु हिजोआज उनी दुई चार दिनमै तयार गर्छन् । प्रविधि र विद्युतीय उपकरणको पहुँचले गर्दा उनलाई यो ब्यवसायमा अझै साथ मिलेको छ ।

लामिछानेको जस्तै उनका दुई भाइको पनि बाग्लुङ्मै मुर्ति उद्योग र मार्बल आर्ट सञ्चालनमा रहेको छ भने एक भाइले म्याग्दीमा मूर्ति उद्योग सञ्चालमा ल्याएका छन् ।

गत वर्षमात्रै बाग्लुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको आयोजना भएको थियो । जहाँ ११ देशका कालीगढहरु जम्मा भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ०५ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको