ढुंगामा कोरिएको जिन्दगी | Khabarhub Khabarhub

ढुंगामा कोरिएको जिन्दगी



बाग्लुङ– एउटा हातमा छिनो, अर्को हातमा हतौडा । निर्जीव ढुंगामा छिनो र हतौडाले हिर्काउँदै हिर्काउँदै गरेर एउटा आकृति बन्छ । तिनै बेवारिसे ढुंगाको सुन्दर स्वरुप बनाउने काम गर्छन्, बाग्लुङ श्रीनगरटोलका ४६ वर्षीय सुभाषचन्द्र लामिछाने । उनले यसरी ढुंगा फोरेर जीन्दगी चलाउन थालेको २८ वर्ष भयो ।

लामिछाने सानोमा चित्र बनाउन मन पराउँथे । २ कक्षामा पढ्दाखेरि नै उनले चित्र बनाएर अञ्चलस्तरको प्रतियोगितामा बाजी मारेका थिए ।

कागजमा शिशाकलमले कोरेर बनाउने गरेको आकृति उनले उमेर बढ्दै जाँदा ढुंगामा कोर्न थाले । लामिछाने अहिले ढुंगाको आकर्षक मूर्ति र शिलालेख लेखनमा गण्डकी प्रदेशमै अब्बल मानिन्छन् ।

बेवारिसे छाडिएको ढुंगा मानिस कुल्चिएर हिड्छन् । तर त्यहि ढुंगालाई मुर्ति कुँदेर मन्दिर भित्र राखिएपछि भगवान सम्झिएर पूजा गर्छन् । ढुंगालाई कुदेर भगवान बनाउन सक्ने कला भएका लामिछाने आफ्नो कलामा व्यवसायिकता अंगाल्छन् ।

हस्तकलाबाट काम नलाग्ने ढुंगालाई मन मस्तिष्कमा अटाउने बनाउन सिपालु लामिछानेलाई पछिल्लो समयको विद्युतीय औजारले अझै बढी सहजता बनाएको छ ।

कुस्मा नगरपालिका–१० गहतेपखराबाट एसएलसी उत्तीर्ण गरेका लामिछाने मात्र होइन, उनका चारैजना दाजुभाइले पनि ढुंगा फोरेर जीवन उतार्न थालेका छन् । धेरै चोटहरु खाएको ढुंगा जब सुन्दर आकृति बन्द कतै चोट लागेर दुख्ला कि जस्तो हुन्छ ।

त्यहि भावनामा खेलिरहेका लामिछानेले आफ्नो रहरलाई ब्यवसायिकता बनाउन सकेकोमा गर्भ गर्छन् ।
ढुंगालाई कुदेर मायाँ प्रेमका भाव झल्किने आकृतिदेखि मन्दिरमा सजिएर बन्ने थुप्रै देवी देउताका मन्दिरहरु उनकै हातमा निर्माण भएका छन् भने मार्बल ढुंगाहरुमा जीवन्त रहने अक्षरहरु उनका जीवनकथाजस्तै गरी कोरिएका छन् ।

पर्वतको कुश्मा बजारबाट मूर्ति बनाउने ब्यवसाय थालेका उनले एसएलसी उत्तीर्ण भएलगत्तै आफ्नो कलालाई ब्यवसायमा उतारेका हुन् ।

पहिलो पटक पञ्चदेवीको मूर्ति बनाएर आफ्नो कलालाई ब्यवसायमा ढाल्न सफल भएका उनले सयौं देवीदेवताका मूर्तिहरु बनाएका छन् । उनले बनाएका मूर्तिहरु बाग्लुङ, पोखरा हुँदै काठमाडौँसम्म पनि पुग्ने गरेका छन् ।

आफूले कुदेर बनाएको ढुंगा भगवान भएर मन्दिरमा सजिएकोमा पनि उनको सधैं पुलकित हुन्छ ।

पहिले पहिले महिनौं लगाएर तयार गरिने मूर्तिहरु हिजोआज उनी दुई चार दिनमै तयार गर्छन् । प्रविधि र विद्युतीय उपकरणको पहुँचले गर्दा उनलाई यो ब्यवसायमा अझै साथ मिलेको छ ।

लामिछानेको जस्तै उनका दुई भाइको पनि बाग्लुङ्मै मुर्ति उद्योग र मार्बल आर्ट सञ्चालनमा रहेको छ भने एक भाइले म्याग्दीमा मूर्ति उद्योग सञ्चालमा ल्याएका छन् ।

गत वर्षमात्रै बाग्लुङको गलकोटमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालाको आयोजना भएको थियो । जहाँ ११ देशका कालीगढहरु जम्मा भएका थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ३ : ०५ बजे

जेनजीका नाममा सरकारी निकायमा आतङ्क, मूकदर्शक सरकार

काठमाडौं– पछिल्लो समय जेनजीका नाममा विभिन्न संवैधानिक तथा सरकारी कार्यालयका

एन्फाले शहीद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन

बसको ठक्करबाट घाइते गुरुङको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा बसको ठक्करबाट घाइते भएका

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने