उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत « Khabarhub

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् ।

नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँ दमौलीमा आयोजित नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका हुन् ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने डा महतले बताए ।

“देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उनले भने, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।

“सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।”

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४५ बजे

विपक्षीको नाराबाजीबीच अर्थमन्त्री वाग्लेले दिन थाले जवाफ

काठमाडौं – विपक्षीको अवरोधकैबीचमा संसद् सञ्चालन भएको छ । अवरोधकै

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष