उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत | Khabarhub Khabarhub

उदार आर्थिक नीतिले मुलुक समृद्ध बन्छ : पूर्वमन्त्री डा महत


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार आर्थिक नीतिले मात्रै मुलुक समृद्ध बन्न सक्ने बताएका छन् ।

नेपाल वितरक महासङ्घ केन्द्रीय समितिको आज तनहुँ दमौलीमा आयोजित नवौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै डा महतले उक्त कुरा बताएका हुन् ।

उदार अर्थ नीतिले केबल देश विकास मात्र नभई आर्थिक गतिविधि बढाउने, रोजगारीको अवसर सिर्जना गर्ने, आयआर्जनका अवसर सिर्जना गर्न सहयोग पुर्‍याउने डा महतले बताए ।

“देशको राजश्व बढाउनका लागि उदार अर्थ नीतिको आवश्यक छ, किनभने आर्थिक गतिविधि बढाउने सरकारको मात्रै जिम्मेवारी होइन”, उनले भने, “सरकारले गर्नुपर्ने उपयुक्त काम सरकारले नै गर्नुपर्छ । बाँकी काम निजी क्षेत्रको पनि हो ।”

पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, गरीबी निवारण, सामाजिक सुरक्षाका काम सरकारले गर्नुपर्ने र उद्योगधन्दा बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनको जोड थियो ।

“सरकारले गैरसरकारी र सहकारी क्षेत्रलाई प्रोत्साहन गरेर मुलुक समृद्ध बनाउने वातावरण सिर्जना गर्नुपर्छ”, उनले भने, “स्वदेशी र विदेशी पूँजीको लगानी वृद्धि गर्नुपर्छ ।”

स्वदेशी पूँजी संरक्षण गर्दै व्यवसायीको हकहितका लागि सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै डा महतले राष्ट्रलाई समृद्धिको बाटोमा अगाडि बढाउन सबैबीच सहमति र सहकार्यको आवश्यकता रहेको चर्चा गरे । उद्योगी, व्यवसायीलाई शोषण गर्न नहुने बताउँदै पूर्वमन्त्री डा महतले व्यवसायीले पनि सही ढङ्गबाट कर तिर्नुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ४५ बजे

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको

संविधानविद् अधिकारी भन्छन्- राजनीतिक हिसाबले पूर्व प्रधानन्यायाधीशले अन्तरिम सरकारको नेतृत्व गर्न मिल्छ

काठमाडौं– संविधानविद् विपिन अधिकारीले राजनीतिक हिसाबले पूर्व प्रधान न्यायाधीश सुशीला

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने

परिस्थितिलाई सहज तुल्याऔँ : पूर्वअध्यक्ष रेग्मी

काठमाडौं– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मुलुकमा विकसित पछिल्लो परिस्थितिलाई सहज

जेनजी र सेनाबीचको वार्तामा डा तोसिमा, हर्क र हमाललाई पनि सहभागी गराउन माग

काठमाडौं– सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले युवाहरू र नेपाली राजनीतिमा नयाँ