विष्णु खत्रीले ल्याए ‘अस्पताल’ « Khabarhub

विष्णु खत्रीले ल्याए ‘अस्पताल’


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकगायक विष्णु खत्रीको लोकदोहोरी गीत ‘अस्पताल’ डिजिटल बजारमा आएको छ ।

खत्रीको आफ्नै युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको सो गीतलाई २४ घण्टा नबित्दै ३३ हजार बढी पटक हेरिएको छ ।

गीतमा गायक खत्री र गायिका शान्तिश्री परियारको स्वर छ । शब्द र सङ्गीतसमेत गायक खत्रीले नै दिनुभएको छ । दिलीप रेग्मीको निर्देशन रहेको गीतको भिडियोमा कलाकार सारिका केसी, विमल केसीलगायतको अभिनय देख्न सकिन्छ ।

युवायुवतीबीचको वियोगान्त प्रेमलाई गीत र भिडियोमा मार्मिकरूपमा चित्रण गरिएको छ । दुई दशकदेखि नेपाली लोकसङ्गीतमा क्रियाशील खत्रीले यसअघि सयौँ गीतमा स्वर दिइसकेका छन् ।

नेपाली जनजीवनका भोगाइलाई गीतमार्फत जीवन्त ढङ्गले प्रस्तुत गर्न सफल गायक/सर्जक खत्रीका ‘भरिया दाइ’, ‘कि लास चाहियो, कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘नयाँ जमना’लगायतका गीत धेरै रुचाइएको थियो ।

खत्रीले हालै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा ‘महिला हिंसा’ नामक गीतसमेत सार्वजनिक गर्नुभएको थियो । उक्त गीतले हालसम्म युट्युबमा ४३ हजार ‘भ्युअर्स’ बटुलेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  १० : १५ बजे

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई