माधव नेपाल पक्षका अनेरास्ववियूको उपत्यका स्तरीय भेला | Khabarhub Khabarhub

माधव नेपाल पक्षका अनेरास्ववियूको उपत्यका स्तरीय भेला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको माधव नेपाल निकट अनेरास्ववियूले उपत्यका स्तरीय भेला आयोजना गरेको छ ।

उक्त भेलाले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेको छ ।

भेलामा बोल्दै अनेरास्ववियूका सचिवहरू सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले प्रधानमन्त्रीको डटेर सामना गर्ने बताएका थिए ।

यस्तै सचिव आरती लामाले ओली विरुद्धको संघर्ष पेचिलो बन्न सक्ने भए पनि आफूहरूले घुँडा नटेक्ने बताइन् । उनले ओली प्रवृत्तिका विरुद्ध डटेर लाग्ने बताइन् ।

यस्तै अनेरास्ववियूका सचिव सुदेश पराजुलीले केपी ओलीले कम्युनिष्ट जनमतको घाँटी रेटेर कम्युनिष्ट पार्टी नै समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए ।

उनले अब आन्दोलन जोगाउने जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताए । सचिव पराजुलीले केपी ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्न विदेशीहरूले तयार पारेको खलनायक भएको आरोप लगाए ।

अर्का सचिव वसिम आलमले ओलीको राजकीय र पार्टी सत्ता ढल्ने निश्चित भएको दाबी गरे । उनले सत्ता ढल्ने निश्चित भएपछि पराजित मानसिकताले जथाभावी गर्न थालेको आरोप लगाए ।

भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरूका विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : १५ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन