माधव नेपाल पक्षका अनेरास्ववियूको उपत्यका स्तरीय भेला « Khabarhub

माधव नेपाल पक्षका अनेरास्ववियूको उपत्यका स्तरीय भेला


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको माधव नेपाल निकट अनेरास्ववियूले उपत्यका स्तरीय भेला आयोजना गरेको छ ।

उक्त भेलाले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिको डटेर सामना गर्ने उद्घोष गरेको छ ।

भेलामा बोल्दै अनेरास्ववियूका सचिवहरू सुदेश पराजुली, वसिम आलम, आरती लामा लगायतले प्रधानमन्त्रीको डटेर सामना गर्ने बताएका थिए ।

यस्तै सचिव आरती लामाले ओली विरुद्धको संघर्ष पेचिलो बन्न सक्ने भए पनि आफूहरूले घुँडा नटेक्ने बताइन् । उनले ओली प्रवृत्तिका विरुद्ध डटेर लाग्ने बताइन् ।

यस्तै अनेरास्ववियूका सचिव सुदेश पराजुलीले केपी ओलीले कम्युनिष्ट जनमतको घाँटी रेटेर कम्युनिष्ट पार्टी नै समाप्त पार्ने अभियानमा लागेको आरोप लगाए ।

उनले अब आन्दोलन जोगाउने जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताए । सचिव पराजुलीले केपी ओली कम्युनिष्ट आन्दोलन समाप्त पार्न विदेशीहरूले तयार पारेको खलनायक भएको आरोप लगाए ।

अर्का सचिव वसिम आलमले ओलीको राजकीय र पार्टी सत्ता ढल्ने निश्चित भएको दाबी गरे । उनले सत्ता ढल्ने निश्चित भएपछि पराजित मानसिकताले जथाभावी गर्न थालेको आरोप लगाए ।

भेलामा उपत्यकाका तीन जिल्ला तथा क्याम्पसहरूका विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : १५ बजे

चैत्र शुक्ल अष्टमीः सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु, राति राष्ट्रपतिले पूजा दर्शन गर्ने

काठमाडौं – प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि अदालतमा पेश

न्यूयोर्क – भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न

प्रधानमन्त्री हुनुअघि बालेनले ल्याए नयाँ र्‍याप गीत (भिडियोसहित)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री