मलाई मार्ने षडयन्त्र हुँदा पनि जनताले बचाइरहेका छन् : प्रचण्ड « Khabarhub

मलाई मार्ने षडयन्त्र हुँदा पनि जनताले बचाइरहेका छन् : प्रचण्ड


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई मार्न षडयन्त्र भए पनि जनताले बचाएको बताएका छन् ।

शनिबार एक पुस्तक विमोचनमा बोल्दै प्रचण्डले भने, ‘मलाई शत्रुले मार्न खोजे पनि जनताले बचाइरहेका छन् ।’

प्रचण्डले आफूले उठाएको आन्दोलन किसान, मजदुर , दलित, जनजाति, भूमीहिन, महिला तथा सीमान्तकृत लगायत जनताको पक्षमा रहेको र उनीहरूको हकका लागि लडेकाले जनताले आफूलाई सदैव जोगाइरहेको बताए ।

अध्यक्ष प्रचण्डले फेरि एक पटक सत्य, न्याय, गणतन्त्र, संविधान र उपलब्धीहरू संस्थागत गर्न आवाज उठाउने बेला भएको भन्दै जून वर्गका लागि आफूले लडेको थिएँ ति वर्गका अधिकार सुनिश्चित भएकी भएनन् भन्ने चिन्ता आफूलाई रहेको बताए ।

पछिल्लो राजनीतितर्फ लक्षित गर्दै उनले कतिपयलाई प्रधानमन्त्रीको लोभ लागेको बेला आफूलाई भने प्रधानमन्त्रीको लोभ नभएको जिकिर गरे।

‘मलाई प्रधानमन्त्री बन्ने कुनै लोभ छैन । मैले उठाएका मुद्दा स्थापित होस् भनेर मेरो लडाई जारी छ। मैले सिंगो जीवन जनताको अधिकारको पक्षमा लड्न समर्पण गरेको छु ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ८ : ४५ बजे

शान्त प्रदर्शनकारीमाथि नगरप्रहरीको दमन

काठमाडौं- भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको छानबिनका

रास्वपाको संसदीय दलको बैठक सुरु

 काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको

इरानी वार्ताकारले विचित्रको व्यवहार देखाए, समयमै गम्भीर नभए परिणाम भयानक : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी वार्ताकारको व्यवहारलाई ‘विचित्र’ भन्दै

रास्वपालाई शुभकामना दिँदै प्रचण्डले भने- रचनात्मक सहयोग गर्छौँ

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकारलाई