एक प्रेरक प्रसङ्ग ‘सर्वश्रेष्ठ’ « Khabarhub

एक प्रेरक प्रसङ्ग ‘सर्वश्रेष्ठ’


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्द्रले एउटा विशाल महल बनाउने योजना बनाए । उनले एक विश्वकर्मालाई भवन बनाउन भने । विश्वकर्माले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गरेर अत्यन्त सुन्दर महल तयार पारे । इन्द्र अत्यन्तै खुशी भए ।

उनले नारदलाई बोलाएर आफ्नो महल देखाउँदै भने— ‘तपाइँले पूरै ब्रह्माण्डको चक्कर लगाउनु हुन्छ । के यस्तो महल कतै देख्नुभएको छ ?’

नारदले भने— यसबारेमा तपाइँलाई सही जानकारी लोमश ऋषिले दिन सक्नुहुन्छ । किनभने उहाँको उमेर एक हजार वर्षभन्दा धेरै भइसक्यो ।

इन्द्र नारदलाई लिएर लोमश ऋषिसमक्ष पुगे ।

इन्द्रले लोमश ऋषिलाई त्यही प्रश्न सोधे— ऋषिवर, के मेरो नयाँ महलजस्तो विगतमा तपाईंले कतै देख्नुभएको छ ?

लोमशले उत्तर दिए— इन्द्र, मैले अतीतमा अनेक इन्द्रको महल देखेको छु । एकभन्दा एक राम्रो र गगनचुम्बी । तिनका अगाडि तपाईंको यो महल फिका छ । राजन ! संसारमा केही पनि अन्तिम र अद्वितीय छैन । त्यसैले सर्वश्रेष्ठको अहंकार पाल्नु मूर्खता हो ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ५९ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब