अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी « Khabarhub

अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव, रात्रिकालीन कर्फ्यू जारी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेको आरोपमा प्रहरीको गोली लागी एक अश्वेत युवक मारिएपछि अमेरिकाका दुई शहरमा तनाव भएको छ ।

मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई ट्राफिक नियम उल्लंघनको आरोपमा गत आइतबार प्रहरीले कारबाट बाहिर निकालेर हतकडी लगाउन खोज्दा बढेको विवादमा गोली चलाउँदा ती युवकको मृत्यु भएको थियो ।

सो घटनालगत्तै भएका प्रदर्शनले उग्र रूप लिएपछि अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार प्रहरीले दङ्गा रोक्ने प्रयासमा अश्रुग्यास र बेहोस पार्ने ग्रिनेड प्रहार गरेको छ ।

त्यसक्रममा प्रदर्शनकारीले कतिपय प्रहरीका सवारीसाधनमा ढुङ्गामुढा पनि हानेका थिए । त्यहाँ लुटपाट पनि मच्चिएको विवरणहरू सार्वजनिक भएको छ ।

राष्ट्रपति जो बाइडनले उक्त गोली प्रहार दुखद भएको भन्दै प्रदर्शन रोक्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल