थप १९ विधामा विश्व कीर्तिमान राख्दै गीतकार डीआर « Khabarhub

थप १९ विधामा विश्व कीर्तिमान राख्दै गीतकार डीआर


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गीत संगीतबाट यसअघि ३२ विधामा फरक फरक विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार एवम् साहित्यकार डीआर उपाध्यायले गीतसंगीतबाट थप १९ विधामा रेकर्ड राख्ने भएका छन् ।

गीतसंगीतमा गिनिज अफ वल्र्ड रेकर्डसहित विश्वका महत्वपूर्ण रेकर्ड बनाएका उपाध्यायले यसपटक पुनः गिनिज अफ वल्र्ड रेकर्ड, अमेरिकन बुक रेकर्ड, ब्रिटिस रेकर्डसहित विभिन्न १९ वटा वल्र्ड रेकर्ड राख्न लागेका हुन् ।

नयाँ वर्षको अवसर पारेर आगामी वैशाख ६ गते काठमाडौंको रसियन कल्चर सेन्टरमा १९ वटा विश्व रेकर्ड ग्रहण गर्दैछन् ।

सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा डा. उपाध्यायले आफूले विश्व रेकर्डमा नेपाल पनि गीतसंगीत र साहित्यमा कम छैन भनेर देशको खातिर संगीतबाट सबैभन्दा बढी विधामा वल्र्ड रेकर्ड बनाउन लागेको बताए ।

‘यसपटक मैले विश्वकै छोटो गीत, विश्वकै सबैभन्दा लामो गीत, विश्वका सबै देशका मुद्राहरु समेटेर तयार गरिएको गीत, विश्वका सबैभन्दा धेरै पर्यटकीय स्थलको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी फूलहरुको नाम समेटेर तयार गरिएको गीत, सबैभन्दा बढी पटक आमा शब्द प्रयोग गरिएको गीत जस्ता विभिन्न १९ विधामा फरक–फरक १९ वटा वल्र्ड रेकर्ड राख्न लागेको हुँ’, डा. उपाध्यायले भने ।

डा. उपाध्यायलाई यो विश्व रेकर्डका लागि संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार सागर अधिकारी ‘सरद’ले सघाउँदै छन् । संगीतकार सागरले आफूहरु ६ महिनाबाट यही अभियानमा व्यस्त रहेको बताए ।

अर्का संगीतकार श्रेष्ठले अबको १९ वटा कीर्तिमानमध्ये ७ वटा विश्व कीर्तमानी गीतहरुमा आफ्नो संगीत रहेको जानकारी गराए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ४५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल