रुपन्देहीमा एमाले नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन | Khabarhub Khabarhub

रुपन्देहीमा एमाले नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– नेकपा एमालेको नेपाल–खनाल समूहले रुपन्देहीमा समानान्तर कमिटी बिस्तार गरेको छ ।

समूहले मंगलबार राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी निर्माण गरेको हो । कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङले बताए । क्षेत्रीय कमिटी, पालिकास्तरीय इन्चार्ज र जनवर्गीय संगठनमा संयोजक समेत तोकिएको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणाा गरेको हो ।

यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : २५ बजे

नवलपरासीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी

अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी सडक सञ्चालनमा

रसुवा – गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका

झोलुङ्गे पुल बनेपछि मोहना नदी वारपार गर्न सहज

कैलाली – यहाँको कैलारी गाउँपालिका– ४ भितरीया र वडा नं

धनगढीका सहायक वन अधिकृत यादव घुससहित रंगेहात पक्राउ

धनगढी – डिभिजन वन कार्यालय धनगढीका सहायक वन अधिकृत पूर्ण

सिरहा कारागार झडपबारे प्रतिवेदन तयार

सिरहा – जिल्ला कारागार सिरहामा आइतबार भएको कैदीबन्दीबीचको झडप सम्बन्धमा