भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति | Khabarhub Khabarhub

भारतद्वारा रुसी खोप “स्पुतनिक भी” लाई अनुमति


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतले कोभिड–१९ विरुद्धको रुसी खोप स्पुतनिक भी लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

कोभिड सङ्क्रमितको संख्या तिब्र गतिमा बढेसँगै भारतले खोप अभियानलाई गति दिन रुसी खोपलाई अनुमति दिएको खोप उत्पादक कम्पनीले जनाएको छ ।

भारतमा रुसी खोप उत्पादन र वितरणको जिम्मेवारी लिएको डा रेड्डीज ल्याबोरेटोरिजका सहअध्यक्ष एवं व्यवस्थापन निर्देशक जी.भी. प्रसादले जारी गरेको विज्ञप्तिमा भारतमा स्पुतनिक भी खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति प्राप्त गरेकामा निकै खुशी लागेको उल्लेख छ ।

भारतमा हाल सेरम इन्स्टिच्यूटले उत्पादन गरेको अस्ट्राजेनिकाको कोभिसिल्ड र भारत बायोटेकको कोरोनाभ्याकलाई अनुमति दिइएको छ । भारतमा हाल दैनिक कोभिड सङ्क्रमितको संख्या एक लाख बढी छ ।

रसियन डाइरेक्ट इन्भस्टमेन्ट फन्ड (आरडिआइएफ) को आर्थिक सहयोगमा विकास गरिएको स्पुतनिक भी लाई भारतमा उत्पादन अनुमति दिइएको छ । भारतमा यो खोप ८५ करोड २० लाख डोज उत्पादन हुनेछ ।

आरडिआइएफका प्रमुख कार्यकारी किरिल डिभिट्रिभले पनि एक विज्ञप्ति प्रकाशन गरी स्पुतनिक खोपलाई भारतमा अनुमति प्राप्त हुनु ज्यादै खुशीको कुरा हो भनेका छन् ।

भारतमा हालसम्म करिब एक करोड ८ लाख मानिसलाई खोप दिइसकिएको छ । भारत विश्वकै ठूलो खोप उत्पादक राष्ट्र हो ।

जुलाईको अन्त्यसम्ममा करिब ३० करोड मानिसलाई खोप दिइसक्ने भारतको महत्वाकाँक्षी योजना छ । तर खोपको कमीले भारतका केही राज्यमा समस्या उत्पन्न भएको छ । भारतले हाल खोप निर्यातमा ढिलाई गरेर आफ्नै देशमा खोप वितरणलाई तिब्रता दिएको छ । (रासस–एएफपी)

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : १० बजे

पिएम कप : अपराजित पुलिस र बागमती, लुम्बिनी र कर्णाली भिड्दै

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार

प्रतिनिधिसभा बैठक बस्दै, सांसदहरूका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर