संघीय निजामती विधेयक पारित गर्न नदिने कर्मचारी युनियनको चेतावनी « Khabarhub

संघीय निजामती विधेयक पारित गर्न नदिने कर्मचारी युनियनको चेतावनी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट कर्मचारी संगठनले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा गठन सम्बन्धि विधेयक साविक निजामती सेवा ऐन २०४९ भन्दा पनि प्रतिगामी भएकाले तत्काल फिर्ता गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधेयकप्रति आफू सन्तुष्ट नभएको बताइसकेकाले फिर्ता गर्नुको विकल्प नभएको उनले बताए । उनले कर्मचारीले उठाएको मागलाई बेवास्ता गरी विधयेक ल्याइएको भन्दै हस्ताक्षर अभियान चलाएर सम्बन्धित निकायहरू र प्रमुख राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षण पत्र बुझाउने धारणा राखे । उनले कर्मचारीमाथि भएको भेद्भाव र अन्यायलाई अन्त्य गरी सम्बोधन गर्न आवश्यक प्रबन्ध गरी ग्रेड वृद्वि र बढुवा गर्न माग गरे ।

पोखरेलले आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशिघ्र ऐन बमोजिम सम्पन्न गर्नु पर्नेमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन संघले आगामी बजेटको सम्बन्धमा तयार पारेको घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।

घोषणापत्रमा कर्मचारीको हकहितको संरक्षण र संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक फिर्ता गर्ने अभियानलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना