संघीय निजामती विधेयक पारित गर्न नदिने कर्मचारी युनियनको चेतावनी « Khabarhub

संघीय निजामती विधेयक पारित गर्न नदिने कर्मचारी युनियनको चेतावनी


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल निजामती कर्मचारी युनियन (संघ)ले संघीय निजामती सेवा गठनसम्बन्धी विधयेक अबिलम्ब फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस निकट कर्मचारी संगठनले देशभरका कर्मचारी सडकमा उत्रिएर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएको हो ।

नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवा गठन सम्बन्धि विधेयक साविक निजामती सेवा ऐन २०४९ भन्दा पनि प्रतिगामी भएकाले तत्काल फिर्ता गर्नुपर्ने माग गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विधेयकप्रति आफू सन्तुष्ट नभएको बताइसकेकाले फिर्ता गर्नुको विकल्प नभएको उनले बताए । उनले कर्मचारीले उठाएको मागलाई बेवास्ता गरी विधयेक ल्याइएको भन्दै हस्ताक्षर अभियान चलाएर सम्बन्धित निकायहरू र प्रमुख राजनीतिक दलका नेताहरूलाई ध्यानाकर्षण पत्र बुझाउने धारणा राखे । उनले कर्मचारीमाथि भएको भेद्भाव र अन्यायलाई अन्त्य गरी सम्बोधन गर्न आवश्यक प्रबन्ध गरी ग्रेड वृद्वि र बढुवा गर्न माग गरे ।

पोखरेलले आधिकारिक ट्रेड युनियनको निर्वाचन यथाशिघ्र ऐन बमोजिम सम्पन्न गर्नु पर्नेमा जोड दिए । नेपाल निजामती कर्मचारी युनियन संघले आगामी बजेटको सम्बन्धमा तयार पारेको घोषणा पत्र पनि सार्वजनिक गरेको छ ।

घोषणापत्रमा कर्मचारीको हकहितको संरक्षण र संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक फिर्ता गर्ने अभियानलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : ४५ बजे

युवा संघ ललितपुरका अध्यक्ष बजगाईँ पक्राउ

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघका ललितपुर जिल्ला

लाओससँग पराजित भयो नेपाल, टुंगियो एएफसी एसियन कप छनोट

काठमाडौँ – घरेलु टोली लाओससँग पराजित हुँदै नेपाली राष्ट्रिय फुटबल

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका