ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु « Khabarhub

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो ३ बजे बागमती नगरपालिका-८ गाँजली चोकस्थित सोल्टी बजारबाट हजरिया जाँदै गरेको मोटरसाइकललाई बालुवा बोकेर बरहथवा आउँदै गरेको ट्याक्टरले ठक्कर दिएको थियो ।

बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकललाई ज १ त १५७४ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । सो ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए ।

बरहथवा नगरपालिका-१५ पिपराभित्ता बस्ने ४५ वर्षीय मोटरसाइकल चालक भिखारी सहनी र पछाडि सवार रौतहट परोहा नगरपालिका-९ का ४० वर्षीय प्रकाश सहनी गम्भीर घाइते भएका थिए । उनीहरूलाई जिल्ला अस्पताल मलंगवा लगिएको थियो ।

दुबै जनालाई साढे ४ बजे चिकित्सकले मृत घोषणा गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । ट्याक्टर र मोटरसाइकल प्रहरी नियन्त्रणमा छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै