प्रदेश–२ प्रमुख अहिराजद्वारा रासस कार्यालय निरीक्षण | Khabarhub Khabarhub

प्रदेश–२ प्रमुख अहिराजद्वारा रासस कार्यालय निरीक्षण


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश–२ का प्रमुख डा राजेश अहिराज आज भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयको निरीक्षण गरेका छन् । सो अवसरमा उनले राजा जनकको भूमि प्रदेश–२ को आफ्नै किसिमका पहिचान र महत्व रहेको हुँदा त्यसलाई आम जनसमुदाय माझ उजागर गर्न जरुरी रहेको खाँचो औँल्याए ।

प्रदेश–२ मा रहेका थुप्रै पुरातात्विक एवं धार्मिकस्थल मात्र नभई देशको सीमा क्षेत्रमा यस प्रदेशले पहरेदारको भूमिका निर्वाह गर्दै उनको भनाइ थियो ।

प्रदेश–२ का बासिन्दाको भूमिकालाई राससजस्ता आमसञ्चारका माध्यमले यथोचित स्थान दिई प्रचारप्रसारमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यस किसिमको भूमिकाको अपेक्षा आफूले राखेको बताए । जनकपुर र आसपासका ठाउँहरूको ऐतिहासिकतालाई उजिल्याउन सके त्यसले पर्यटन उद्योगका साथसाथै स्थानीय जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रदेश प्रमुख डा अहिराजले आफूले कुनै बेला राससको जिल्ला समाचारदाताको रुपमा काम गरेको स्मरण गर्दै आगामी दिनमा सत्यतथ्य समाचारका लागि रासस नै महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे ।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससले मुलुकको विविध सांस्कृतिक र धार्मिक सम्पदा, कला र संस्कृतिबारे समाचार प्रवाह गर्दै आएको जानकारी दिँदै प्रदेश–२ का सन्दर्भमा प्रदेश प्रमुखबाट औँल्याइएका विषय विशेष ध्यानमा राखिने वचन दिए ।

त्यसैगरी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको प्रदेश कार्यालयसँग समन्वय कायम गरी प्रदेश–२ का समाचारलाई समेटिने विश्वास दिलाए । सो अवसरमा प्रदेश प्रमुख अहिराजले राससकर्मीलाई नेपालको झण्डाको लोगो प्रदान गरेका थिए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ६ : २० बजे

बमको घाउ बोकेर काठमाडौं आएका गौरीशंकरको गुहार- ‘आलमका मान्छेबाट बचाइदिनुस्’ 

काठमाडौं– १८ वर्ष अगाडी रौतहटको राजपुर फरहदवामा बम विस्फोटमा घाइते

कांग्रेस बैठकमा सिटौलाले भने- न्यायपालिकाबारे समीक्षा गर्ने बेला भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समय आइरहेका आदेश

एसईई परीक्षामा ग्रेडेड विद्यार्थीलाई गाउँपालिकाको सम्मान

काभ्रे– बेथानचोक गाउँपालिकाले २०८१ सालको एसईई परीक्षामा ग्रेडेड विद्यार्थीहरूलाई सम्मान

आयुर्वेद चिकित्सा पद्धतितर्फ आकर्षण बढ्दै

रसुवा– जिल्ला आयुर्वेद चिकित्सालयले हिमाली तथा दुर्गम पहाडी जिल्ला रसुवामा

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

अमरगढी– विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै पुराना प्रविधि लोप हुँदै