मेलम्चीको पानी वितरण गर्दा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन | Khabarhub Khabarhub

मेलम्चीको पानी वितरण गर्दा उत्पन्न समस्या समाधान गर्न कार्यदल गठन


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गर्दा उत्पन्न समस्यालाई समाधान गर्न सरकारले विशेष कार्यदल गठन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्बाङ र खानेपानीमन्त्री मणिचन्द्र थापाको उपस्थितिमा दुई मन्त्रालयबीच संयुक्त बैठक बसी कार्यदल गठन गरिएको हो ।

मेलम्ची आयोजनाको पानी वितरण गर्दा काठमाडौँ उपत्यकाको सडकमा परेको समस्यालाई तत्काल समाधान गर्न दुवै मन्त्रालयको प्रतिनिधि सम्मिलित ५ जनाको ‘विशेष कार्यदल’ गठन गरिएको भौतिक पूर्वाधार मन्त्रीका स्वकीय सचिव कल्पना वाइवाले जानकारी दिइन् ।

गत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण गर्न थालिएको थियो । तर पुरानो पाइपलाइनमा पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानमा पानीको पाइप फुटेर सडकमा क्षति पुगेको छ ।

ती समस्याहरुलाई तत्काल समाधान गर्न भौतिक मन्त्रालय अन्तर्गतका र खानेपानी मन्त्रालयअन्तर्गत ५ जनाको सयुंक्त कार्यदल बनाएको उनले बताइन् । कार्यदलले भोलिदेखि नै काम अगाडि बढाउने यातायात मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यका खानेपानी वितरण लिमिटेड (केयुकेएल) ले हालसम्म २ सयभन्दा बढी स्थानको पाइप फुटेकाले सडक भत्काएर मर्मत गरेको केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टिमले समस्या समाधान गरिरहेको छ । पाइपलाइनमा समस्या आएकाले केही स्थानमा पानी वितरणको कामसमेत केही दिनको लागि रोकिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : १६ बजे

प्रमुख प्रतिपक्षीसहित छ दलको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम– विपक्षी दलहरूको अवरोधपछि मधेस प्रदेशसभा बैठक स्थगित भएको छ

जनाधार जोगाउन पार्टी गम्भीर हुनुपर्नेमा कांग्रेस प्रवक्ता डा. महतको जोड

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको जनाधार खस्किँदै

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ ।

कोशी प्रदेश सरकार र बीमा प्राधिकरणबीच अन्तरक्रिया

काठमाडौं– नेपाल बीमा प्राधिकरणको आयोजनामा आइतबार कोशी प्रदेशस्थित मुख्यमन्त्री तथा

टिकोटमा बन्दाखेतीबाट वार्षिक एक करोड भित्रियो

म्याग्दी– जिल्लाको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान टिकोटका कृषकले बेमौसमी बन्दाखेती गरेर