सिमानामा चेकजाँच र क्वारेन्टिनको व्यवस्था गर्न कांग्रेसको माग | Khabarhub Khabarhub

सिमानामा चेकजाँच र क्वारेन्टिनको व्यवस्था गर्न कांग्रेसको माग


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसले कोभिड–१९ को सङ्क्रमण रोक्न अन्तर्राष्ट्रिय उडान र सीमानाकाबाट आउनेलाई व्यवस्थित चेकजाँच र क्वारेन्टिनको व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले आज एक विज्ञप्तिमार्फत कोभिड–१९ को सङ्क्रमण कम हुँदै गए पनि फेरि सङ्क्रमण विस्तार हुनसक्ने र विश्वका अन्य देशहरूमा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।

पार्टीका सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ का बिरामीको बढ्दो सङ्ख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्नसमेत माग गरिएको छ ।

कांग्रेसले कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित सङ्क्रमितलाई लक्षित गरी पिसिआर परीक्षण दायरालाई व्यापक बनाउन, कोभिड–१९ विरुद्धको आमजनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजनासहित अगाडि बढाउन र खोप आपूर्ति सुनिश्चितताका लागि उच्च कूटनीतिक पहल गर्नसमेत सुझाव दिएको छ ।

स्वास्थ्यकर्मीको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याउन, अस्पतालमा स्वास्थ्यकर्मीको सङ्ख्यामा देखिएको कमीलाई तत्काल परिपूर्ति गर्न, तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्नसमेत कांग्रेसले सरकारसँग माग गरेको छ ।

मुलुकले पुनः लकडाउनको अवस्था धान्न नसक्ने भन्दै कांग्रेसले वर्तमान परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दूरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने विज्ञप्तिमा माग गरिएको छ ।
सहमहामन्त्री डा महतले कोभिड–९ का कारण २०७८ सालमा सङ्कटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई अनिवार्य मास्क लगाउने, स्यानेटाइजर र साबुनपानीको प्रयोग गरी हात सफाइमा ध्यान राख्ने र भौतिक दूरी कायम गर्दै सङ्क्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् । – रासस

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ८ : ४६ बजे

क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भिडभाड नगर्न प्रहरीको आग्रह

काठमाडौं– नेपाल प्रहरीले त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट खेलमैदान आसपास क्षेत्रमा अनावश्यक

४ महिनामा सरकारको अवस्था : आम्दानीभन्दा १ खर्ब ३५ अर्ब बढी खर्च

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को ४ महिनामा सरकारले एक आम्दानीभन्दा

शेख हसिनाविरुद्ध फैसला आउनुअघि बङ्गलादेशमा सुरक्षा व्यवस्था कडा

ढाका- बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध मानवताविरुद्धको

राष्ट्रिय कर दिवसमा उत्कृष्ट करदाता सम्मानित

काठमाडौं– राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको

लिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै 

ताप्लेजुङ– नयाँ उत्पादन भएको अन्नबालीको पूजा गर्न यहाँका लिम्बू समुदायले