पश्चातापको आँसु « Khabarhub

पश्चातापको आँसु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हजरत अलीकोमा एउटा नोकर थियो । एक दिन ऊ मालिकको कुनै कुराले रिसायो र नोकरी छोडेर गयो । केही दिनपछि हजरत अली मस्जिदमा नमाज पढिरहँदा नोकर चुपचाप उनको पछाडि पुग्यो र तरबार निकालेर उनीमाथि प्रहार गर्‍यो ।

हजरत अलीलाई गम्भीर चोट लाग्यो । केही मानिसले उनलाई उठाए र उपचार गर्न थाले । केहीले नोकरलाई समाते र हजरत अलीको अगाडि पेश गरे ।

यत्तिकैमा हजरत अलीलाई तिर्खा लाग्यो । उनले पानी मागे । मानिसहरुले दौडँदै गएर सर्बत लिएर आए । हजरत अलीको अगाडि गिलासमा सर्बत राखियो । तब उनले नोकरतिर इसारा गरेर भने–‘भाइ नरोऊ । गल्ती सबैबाट हुन्छ । लेऊ यो सर्बत पिऊ ।’

नोकरले उनको खुट्टा समातेर माफी माग्न थाल्यो । हजरत अलीले प्रेमपूर्वक उसको टाउकोमा हात राखे र भने–‘मेरो प्यारो भाइ, जसले आफ्नो गल्ती थाहा पाउँछ र भविष्यमा गल्ती नगर्ने फैसला गर्छ ऊ जिन्दगीमा धेरै माथि पुग्छ ।’

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गपुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ३५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब