पश्चातापको आँसु « Khabarhub

पश्चातापको आँसु


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हजरत अलीकोमा एउटा नोकर थियो । एक दिन ऊ मालिकको कुनै कुराले रिसायो र नोकरी छोडेर गयो । केही दिनपछि हजरत अली मस्जिदमा नमाज पढिरहँदा नोकर चुपचाप उनको पछाडि पुग्यो र तरबार निकालेर उनीमाथि प्रहार गर्‍यो ।

हजरत अलीलाई गम्भीर चोट लाग्यो । केही मानिसले उनलाई उठाए र उपचार गर्न थाले । केहीले नोकरलाई समाते र हजरत अलीको अगाडि पेश गरे ।

यत्तिकैमा हजरत अलीलाई तिर्खा लाग्यो । उनले पानी मागे । मानिसहरुले दौडँदै गएर सर्बत लिएर आए । हजरत अलीको अगाडि गिलासमा सर्बत राखियो । तब उनले नोकरतिर इसारा गरेर भने–‘भाइ नरोऊ । गल्ती सबैबाट हुन्छ । लेऊ यो सर्बत पिऊ ।’

नोकरले उनको खुट्टा समातेर माफी माग्न थाल्यो । हजरत अलीले प्रेमपूर्वक उसको टाउकोमा हात राखे र भने–‘मेरो प्यारो भाइ, जसले आफ्नो गल्ती थाहा पाउँछ र भविष्यमा गल्ती नगर्ने फैसला गर्छ ऊ जिन्दगीमा धेरै माथि पुग्छ ।’

साभार : ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ८ : ३५ बजे

अर्थमन्त्री वाग्ले दोहा प्रस्थान

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले दोहा प्रस्थान गरेका छन् ।

आजका समाचार : प्रधानमन्त्री शाह स्वदेश फिर्ता, परराष्ट्रमन्त्री अमेरिकामै, देशभर अविरल वर्षा र साउदी अरबमाथि हुथी आक्रमण तीव्र

राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फिर्ता संयुक्त राष्ट्रसंघको

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको