रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित « Khabarhub

रोनाल्डोको कीर्तिमानमा युभेन्ट्सको सहज जित


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएको खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हात पारेको छ ।

बुधबार राति भएको खेलमा सासुओलोलाई तीन शुन्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन् । युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे । सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।

रोनाल्डोले एक सय ३१औँ खेलमा एक सय गोल पूरा गरेका छन । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पुरा गरे ।

यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पुरा गरेका थिए । जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पुरा गरेका थिए ।

यसका साथै रोनाल्डोले तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलका म्यानचेस्टर युनाइटेड, रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : ४० बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष