नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, विपक्षी गठबन्धनमा अझै जुटेन सहमति « Khabarhub

नयाँ सरकार गठनको समयसीमा आज सकिँदै, विपक्षी गठबन्धनमा अझै जुटेन सहमति


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ ।

केपी ओली नेतृत्वको सरकारले विश्वासको मत लिन नसकेपछि २७ वैशाखमा संविधानको धारा ७६ को उपधारा (२) नयाँ सरकार गठन गर्न  राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्मको समयसीमा दिएकी थिइन् ।

नयाँ सरकार गठनको समयसीमा सकिन लाग्दा पनि दलहरूबीच कसको नेतृत्वमा सरकार बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठनको प्रयासमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग छलफल तीव्र पारे पनि जसपाकै एउटा खेमाले साथ दिएको छैन ।

जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष नयाँ सरकार गठनको पक्षमा छैनन् । सोमबार सदनमा ओलीले विश्वासको मत लिँदासमेत जसपाका १५ सांसद तटस्थ बसेका थिए ।

सोही साँझ कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगै जसपाकै अर्का अध्यक्ष उप्रेन्द्र यादवले नयाँ सरकार गठनका लागि राष्ट्रपतिलाई गरेको आग्रहले अर्को खेमा सरकारमा जान तयार देखिएको छ ।

तर २७ गते मध्यराति नै ठाकुरले विज्ञप्ति जारी गर्दै सरकार गठन जसपाको प्राथमिकतामा नरहेको जनाएका थिए । जसपाको ठाकुर-महतो पक्षले राष्ट्रपतिलाई भेटेर अर्को पक्षले दिएको निर्णय आधिकारिक नहुने जनाउँ दिँदै सरकार गठनका लागि पत्र आए त्यसलाई बैधता नदिन पनि आग्रह गरिसकेको छ ।

संविधानको धारा ७६- २ को सरकार निर्माणमा निर्णायक देखिएको जसपाभित्रको ध्रुवीकरणले नयाँ सरकार गठनमा अन्यौलता देखिएको छ ।

नयाँ सरकारका लागि  एमालेभित्रको नेपाल-खनाल समूहको भूमिका पनि निर्णायक छ । सामूहिक राजीनामाको चेतावनी दिँदै आएको उक्त समूहका २८ सांसद ओलीले विश्वासको मत लिँदा संसदमा अनुपस्थित थिए । उनीहरूले राजीनामा दिएको खण्डमा पनि नयाँ सरकार बन्न सक्ने भएपछि विपक्षी गठबन्ध जसपा र नेपाल-खनाल पक्षको निर्णय कुरेर बसेको छ ।

गठबन्धनको सरकार बनाउने चाहिने १३६ संख्या पुग्न कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ र जसपा ३२ मध्ये कम्तीमा २६ सांसदको साथ चाहिन्छ । तर जसपाभित्रको विभाजनले एमालेको नेपाल-खना पक्षले राजीनामा दिए सरकार बन्न सक्छ ।

फेरि ओली नै दोहोरिने सम्भावना

संविधानको धारा ७६ को (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमतको सरकार बनाउनु पर्ने छ ।

३८ महिनापछि संसदमा विश्वासको मत लिएका केपी शर्मा ओलीले बहुमत गुमाएका थिए । उनले गत सोमबार विश्वासको मत लिँदा जम्मा ९३ मत पाए । उनको विपक्षमा १२४ मत खसेको थियो । आजसम्म सरकार बनाउन चाहिने १३६ सांसद पुर्‍याउन दलहरुलाई चुनौती छ । यस्तो अवस्थामा संसदको ठूलो दलको हैसियतमा ओली नै ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त हुने सम्भावना छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ७ : ४५ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित