कतारमा कोरोना संक्रमणले २४ नेपालीको मृत्यु « Khabarhub

कतारमा कोरोना संक्रमणले २४ नेपालीको मृत्यु



दोहा- नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना भाइरसको संक्रमणले अहिलेसम्म २४ नेपालीको मृत्यु भएको छ ।

कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईका अनुसार पहिलो लहरको संक्रमणले १८ जना तथा दोस्रो लहर शुरू भएपछि थप ६ नेपालीको मृत्यु भएको छ ।

मृतकहरुमध्ये परिवारको अनुमति लिएर २३ जनाको कतारमै अन्त्येष्टि गरिएको छ भने बाँकी १ जनाको कानुनी प्रक्रिया पूरा गरेर चाँडै अन्त्येष्टि गरिने भट्टराईले जानकारी दिए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना संक्रमणका कारण विश्वभर २१ मुलुकमा ३ सय ८२ जना नेपालीको मृत्यु भैसकेको जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कतारमा ३९२ जनामा संक्रमण पुष्टी भएको छ भने ८६२ जनालाई निको भएको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ५६, ५८ र ७२ बर्षीय नागरिकको मृत्यु भएको जनाएको छ । योसंगै कतारमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१९  पुगेको छ  ।

कतारमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार १२४ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख ४ हजार ४९८ रहेको मन्त्रालयले जनाएको छ।

कतारमा अहिले ७ हजार १९७ वटा ‘एक्टिभ’ केस रहेका छन् । जसमध्ये ४११ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचाररत छ भने तीमध्ये २३१ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : ०१ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको