महोत्तरीमा एउटै बस्तीका ४० सङ्क्रमित « Khabarhub

महोत्तरीमा एउटै बस्तीका ४० सङ्क्रमित


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको बर्दिबास नगरपालिका–५ को चेरु ग्रामीण बस्तीमा कोभिड–१९ सङ्क्रमण दिनदिनै बढेपछि त्रास बढेको छ ।

बस्तीमा यही वैशाख १७ गते भएका विवाह समारोहयता सङ्क्रमण हुने क्रम ह्वात्तै बढेको हो ।

बस्तीमा अहिले ४० भन्दा बढी सङ्क्रमण पुष्टि भइसकेका छन् । विवाह समारोहमा भएको जमघट र बाहिरी पाहुनाको सघन आवतजावतबीच स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् ।

पूर्वपश्चिम राजमार्गबाट छ/सात किलोमिटर उत्तर चुरे पहाडी शृङ्खलामा पर्ने यो बस्तीमा वैशाख १७ गते भएको वैवाहिक समारोहको जमघटयता सङ्क्रमण ह्वात्तै बढेको हो ।

बस्तीका ४० जनामा पिसिआर परीक्षणबाट सङ्क्रमण पुष्टि भइसकेको बर्दिबास नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका सहसंयोजक वरिष्ठ स्वास्थ्यकर्मी रामबाबु यादवले जानकारी दिए ।

बस्तीमा वैशाख २० गतेदेखि रुघाखोकी लाग्ने, ज्वरो आउने र सास फेर्न अप्ठ्यारो हुने समस्या देखिन थालेपछि बस्ती केन्द्रित स्वाव सङ्कलन र परीक्षण थालिएको थियो ।

जाँच परिणामबाट बस्तीमा सङ्क्रमण जोखिम निकै बढेको पाइएको यादवको भनाइ छ । सङ्क्रमण बढेपछि बस्तीमा आम सर्वसाधारण त्रासमा परेसँगै सचेत पनि हुँदै गएका स्वास्थ्यकर्मीको ठम्याइ छ ।

ग्रामीण परिवेशको सो बस्तीमा स्वास्थ्य सचेतना नअपनाइँदा सङ्क्रमण बढेको स्वास्थ्यकर्मी बताउँछन् । बर्दिबास नगरक्षेत्रमा वैशाख महिनाभित्र १०० को हाराहारीमा सङ्क्रमण पुष्टिका घटनामध्ये अन्य वडा बस्तीमा छिटफुट पाइए पनि चेरुमा भने डरमर्दो स्थिति बनेको छ ।

पछिल्लो एक/दुई दिनयता चाहिँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा तथा बर्दिबास नगरपालिका र बर्दिबास उद्योग वाणिज्य सङ्घले जारी गरेका सूचना प्रभावले सामूहिक हिँडडुल र जमघट घट्दै गएको र राष्ट्रव्यापी मानवीय क्षतिका घटना समाचारबाट आउँदा आम मानिस सचेत बन्दै गएको नगरप्रमुख विदुरकुमार कार्की बताउँछन् ।

यसबीचमा सङ्क्रमण देखिएका बस्तीमा सघन स्वाब परीक्षण, सचेतना प्रवाह र आइसोलेशनकक्षको व्यवस्थापनमा जुटिएको कार्कीको भनाइ छ ।

बर्दिबास नगरक्षेत्रमा सङ्क्रमण प्रभाव बढेपछि सामाजिक क्षेत्रबाट पनि रोकथामको पहलकदमीका लागि प्रयास थालिएका छन् ।

बर्दिबासचोकमा लियो क्लब अफ बर्दिबासले हेल्थ डेस्क स्थापना गरेर सर्वसाधारणको ज्वरो नाप्ने तथा सावधानी अपनाउनु पर्ने पक्ष बताउने गरेको छ ।

त्यसैगरी बर्दिबास उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सचेतना बढाउन र सुरक्षित हुने उपायका लागि ‘पुरानो मास्क फाल्नुहोस् , नयाँ लगाउनुहोस’ भन्ने अभियान नै सञ्चालन गरेको छ । यी प्रयत्नले सङ्क्रमण रोकथाममा सहयोग गरेको नगरप्रमुख कार्की बताउँछन् ।

नगरपालिकाले गत वर्ष २०७७ मै बढेको सङ्क्रमणसँगै पिसिआर मेसिन खरिद गरी निःशुल्क स्वाब जाँचको व्यवस्था गरेको छ । त्यतिखेर सञ्चालनमा ल्याइएको आइसोलेशन कक्ष मङ्सिरयता सङ्क्रमण देखिन छाडेपछि हटाइएको थियो ।

अहिले नयाँ वर्ष २०७८ प्रारम्भयता दोहोरिएर सङ्क्रमण बढेपछि पुनः १०० शय्याको आइसोलेशन व्यवस्थापनमा लागिएको नगर कार्यपालिकाले जनाएको छ । व्यवस्थापन गर्न लागिएको नयाँ आइसोलेशन कक्षमा अक्सिजनको सुविधासमेत मिलाइने नगरप्रमुख कार्कीको भनाइ छ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ११ : १५ बजे

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

आयोगले भोलि निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौँ- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

सङ्खुवासभामा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा – सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार