डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’ « Khabarhub

डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।

सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटक यही शुक्रबार साँझ ५ बजे प्रिमियर हुनेछ ।

नाटक दुई वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्ल्यासब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा दर्शकले हेर्न पाउनेछन् ।

दयाहाङका अनुसार मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।

‘पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ । तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ’, दयाहाङ भन्छन् ।

यो नाटक सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । नाटक डिजिटल प्लेटफर्मबाट सार्वजनिक हुने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको छ । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ ।

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकमा शैलेन्द्रध्वज कार्कीको छायांकन, बेनुका राईको संगीत छ । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

नाटक प्रिमियर पश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिनेछ । अन्र्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ५० बजे

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर