डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’ « Khabarhub

डिजिटल प्लेटफर्ममा नाटक ‘मितज्यू’


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटक ‘मितज्यू’लाई डिजिटल माध्यमबाट सार्वजनिक गर्ने भएको छ ।

सोमनाथ खनाल लिखित तथा दयाहाङ राई निर्देशित नाटकलाई मण्डलाले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागेको हो । नाटक यही शुक्रबार साँझ ५ बजे प्रिमियर हुनेछ ।

नाटक दुई वृद्धहरुले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्ल्यासब्याक’ कथा हो । नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्र्तगत एक जोडा मितको अन्तरकुन्तर कथा यस नाटकमा दर्शकले हेर्न पाउनेछन् ।

दयाहाङका अनुसार मितेरी साइनोसँगै उनीहरुका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरुले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटनाक्रममा बुनिएको छ ।

‘पञ्चायतकालिन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धहरुको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ । तर फेन्टासीसँगै दुई वृद्धहरुको जीवनदर्शन पनि समेटिएको छ’, दयाहाङ भन्छन् ।

यो नाटक सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिको रुपमा मण्डला नाटकघरमा मञ्चन गरिएको थियो । नाटक डिजिटल प्लेटफर्मबाट सार्वजनिक हुने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारहरुका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायाँकन गरिएको छ । नाटकको छायाँकन चैत महिनाको अन्तिम साता गरिएको थियो ।

नाटकमा बुद्धि तामाङ, विजय बराल, सृजना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ ।

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकमा शैलेन्द्रध्वज कार्कीको छायांकन, बेनुका राईको संगीत छ । नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकहरुको संलग्नता रहेको थियो ।

नाटक प्रिमियर पश्चात अनलाइन एप्लीकेशन जुममार्फत नाटक तथा रंगमञ्चको वर्तमान सन्दर्भमाथि अन्र्तक्रिया गरिनेछ । अन्र्तक्रियालाई मण्डलाले आफ्नो फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ५० बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा