देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे बस्ने बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई समेत बोलाइएको बताइएको छ । बैठकमा पार्टीले सरकारमा दाबी पेश गर्ने विषयमा छलफल हुने बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवाले बिहीबार बिहान जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नो निवास बुढानीलकण्ठ मै छलफल गरेका थिए ।

गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : ३६ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट