देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक « Khabarhub

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नो नेतृत्वमा सरकार गठनका लागि दौडधुपमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

आज अपराह्न ४ बजे बस्ने बैठकमा पदाधिकारी तथा पूर्वपदाधिकारीलाई समेत बोलाइएको बताइएको छ । बैठकमा पार्टीले सरकारमा दाबी पेश गर्ने विषयमा छलफल हुने बताइएको छ ।

जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवाले बिहीबार बिहान जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नो निवास बुढानीलकण्ठ मै छलफल गरेका थिए ।

गएको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  २ : ३६ बजे

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।