‘मुन्नी’सँग रोमान्टिक ‘तितो सत्य’का राज | Khabarhub Khabarhub

‘मुन्नी’सँग रोमान्टिक ‘तितो सत्य’का राज


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक निरायु गौतमको गीत ‘मायाको पानामा’ सार्वजनिक भएको छ । शुभारम्भ डिजिटल म्युजिकमार्फत सार्वजनिक गीतमा निरायुलाई गायिका एलिना चौहानले स्वरमा साथ दिएकी छन् ।

गीतमा ओम सुनारको संगीत र एरेञ्ज छ । गणेश गिरि निर्देशित भिडियोमा टेलिफिल्म ‘तितो सत्य’मा बाल कलाकारका रुपमा अभिनय गरेर चर्चामा आएका राज आचार्य र ‘भद्रगोल’ तथा ‘सक्किगोनी’मा ‘मुन्नी’को भूमिकामा अभिनय गर्ने प्रियना आचार्य फिचर्ड छन् ।

भिडियोमा गायक निरायु, रुक्मिला अधिकारी(रुक्स), निशु आइडु, दिवाकर भण्डारी र सबिना आचार्यको पनि अभिनय छ ।

पर्वतको कुश्मा, बागलुङलगायतका सुन्दर स्थानमा छायांकन गरिएको भिडियोमा रामेश्वर हुमागाईंको छायांकन, विकास ज्ञवाली सम्पादन छ ।

गायक निरायुले यसअघि गायिका रचना रिमालसँग मिलेर ‘तिमीलाई देखेपछि’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ५ : ०१ बजे

डेढ वर्षदेखि अलपत्र कुश्मा बसपार्क सञ्चालनको तयारीमा

पर्वत– निर्माण सम्पन्न भएको डेढ वर्षपछि जिल्ला सदरमुकाम कुश्मा बजारको

सुरक्षाकर्मीले पन्छाए मुक्तिनाथ मन्दिर परिसरको हिउँ

मुस्ताङ- सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक

मुस्ताङमा हिमपात र चिसोबाट प्रभावित पर्यटकको उपचारमा सशस्त्रको टोली

काठमाडौं– मुस्ताङ भ्रमणमा पुगेका आन्तरिक पर्यटक अविरल हिमपातबाट प्रभावित बनेपछि

आन्दोलनबारे छलफल गर्न मानव अधिकार आयोग पुगे दुर्गा प्रसाईँ (तस्बिरहरू)

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बुधबार मानव अधिकार आयोगका अध्यक्ष