१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन « Khabarhub

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न भनेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।

संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ । अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने मन्त्रालयले जनाएको छ । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले अक्सिज प्रणालीको समान आयात गर्दा भन्सार छुट दिने निर्णय गरेको थियो ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : १५ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड