१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन « Khabarhub

१५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न निजी अस्पताललाई निर्देशन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सय बेड भएका सम्पूर्ण निजी अस्पतालहरूलाई १५ दिन भित्र अक्सिजन प्लान्ट जडान निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा अनिवार्य अक्सिजन प्लान्ट जडान गर्न भनेको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीद्वारा जारी सूचनामा अक्सिजनको आपूर्ति सहज बनाउन कम्तिमा सय बेड भएका सम्पूर्ण निजी अस्पतालले १५ दिन भित्र अक्सिजन प्लान्ट जडान गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।

संक्रिमितहरूलाई आवश्यक अक्सिजनको माग दिनानुदिन बढीरहेको र आपूर्ति प्रक्रिया दिनानुदिन थप जटिल बन्दै गएको सूचनामा उल्लेख छ । अस्पतालले अक्सिजन जडान गर्दा लाग्ने सम्पूर्ण भन्सार शुल्क छुट हुने मन्त्रालयले जनाएको छ । यही वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले अक्सिज प्रणालीको समान आयात गर्दा भन्सार छुट दिने निर्णय गरेको थियो ।

यस्तो छ मन्त्रालयले जारी गरेको सूचना

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ६ : १५ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६