शव व्यवस्थापन स्थल तोक्न स्थानीय तहलाई निर्देशन | Khabarhub Khabarhub

शव व्यवस्थापन स्थल तोक्न स्थानीय तहलाई निर्देशन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– कोरोना सङक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।

शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएपछि शव गाड्ने/जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकायलाई समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले निर्देशन दिएका हुन् । यस्तै शव व्यवस्थापन गर्दा शव वाहनमा लाग्ने इन्धन र शव वाहन चालकलाई प्रोत्साहन स्वरुप एकहजार रुपैयाँ स्थानीय तहले दिने निर्णय भएको छ ।

अहिले सिरहा अस्पताल र लहान अस्पतालसँग मात्र एक÷एक वटा शव बाहन छ । ती शव वाहनलाई उचित व्यवस्थापन गर्न अस्पताललाई नै जिम्मेवारी तोकिएको प्रजिअ कणेँलले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै कोभिड १९ महामारी नियन्त्रण तथा रोकमाथमका योजना तथा खर्चको विवरण अद्यावधिक गर्न स्थानी तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई डीसीसीएमसीले निर्देशन दिएको छ । डीसीसीएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी कणेँलको अध्यक्षतामा बसेको बैठकले सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय, गाउँपालिका/नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका विभिन्न संस्थालाई योजना तथा आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको हो ।

गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिप्रकामा बुझाउन भनिएको छ ।गत आवमा पनि सो निर्देशन दिइएतापनि अधिकांश स्थानीय तहले खर्चका विवरण बुझाएका थिएनन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : १५ बजे

‘सेप्टेम्बरमा १ सय १३ जना पाकिस्तानीलाई बेपत्ता पारियो’

काठमाडौं- यस वर्षको सेप्टेम्बर महिनामा मात्रै पाकिस्तानमा १ सय १३

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट

काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका

काठमाडौं महानगरद्वारा लत्रिएका तार व्यवस्थापन सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका विभिन्न स्थानमा लत्रिएका तार व्यवस्थापन