शव व्यवस्थापन स्थल तोक्न स्थानीय तहलाई निर्देशन « Khabarhub

शव व्यवस्थापन स्थल तोक्न स्थानीय तहलाई निर्देशन


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– कोरोना सङक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने ठाउँ तोक्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालय सिरहाले निर्देशन दिएको छ ।

शव व्यवस्थापन कहाँ गर्ने विषयमा पटक पटक विवाद देखिएपछि शव गाड्ने/जलाउने विवाद रहीत स्थानको पहिचान गरी सर्वसधारण र सुरक्षा निकायलाई समयमै जानकारी दिन स्थानीय तहलाई प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेँलले निर्देशन दिएका हुन् । यस्तै शव व्यवस्थापन गर्दा शव वाहनमा लाग्ने इन्धन र शव वाहन चालकलाई प्रोत्साहन स्वरुप एकहजार रुपैयाँ स्थानीय तहले दिने निर्णय भएको छ ।

अहिले सिरहा अस्पताल र लहान अस्पतालसँग मात्र एक÷एक वटा शव बाहन छ । ती शव वाहनलाई उचित व्यवस्थापन गर्न अस्पताललाई नै जिम्मेवारी तोकिएको प्रजिअ कणेँलले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै कोभिड १९ महामारी नियन्त्रण तथा रोकमाथमका योजना तथा खर्चको विवरण अद्यावधिक गर्न स्थानी तह, सम्बन्धित सबै कार्यालय र संस्थालाई डीसीसीएमसीले निर्देशन दिएको छ । डीसीसीएमसीका अध्यक्ष तथा जिल्ला प्रमुख अधिकारी कणेँलको अध्यक्षतामा बसेको बैठकले सरकारी अस्पतालहरु, स्वास्थ्य कार्यालय, गाउँपालिका/नगरपालिका र कोरोना नियन्त्रणमा खटिएका विभिन्न संस्थालाई योजना तथा आम्दानी तथा खर्च विवरण अद्यावधिक गरी सार्वजनिक गर्न दिर्नेशन दिएको हो ।

गत र चालु आर्थिक वर्ष ०७८ वैशाखसम्मको रकम, खर्च र मौज्दातको विवरण जेठ ५ गतेभित्र जिप्रकामा बुझाउन भनिएको छ ।गत आवमा पनि सो निर्देशन दिइएतापनि अधिकांश स्थानीय तहले खर्चका विवरण बुझाएका थिएनन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : १५ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय