फेरि ओली नै प्रधानमन्त्री नियुक्त « Khabarhub

फेरि ओली नै प्रधानमन्त्री नियुक्त


३० बैशाख २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओलीलाई ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट आज राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो ।

यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली फेरि प्रधानमन्त्री नियुक्त भएका हुन् ।

अब प्रधानमन्त्री ओलीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

यस्तो छ पत्र

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  १० : २३ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब