बहुमतको सरकारका लागि कुनै दलको दाबी परेन : राष्ट्रपति कार्यालय « Khabarhub

बहुमतको सरकारका लागि कुनै दलको दाबी परेन : राष्ट्रपति कार्यालय


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्मको समयभित्र कसैको पनि दाबी नपरेको जनाइएको छ ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।

 

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ५२ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक