बहुमतको सरकारका लागि कुनै दलको दाबी परेन : राष्ट्रपति कार्यालय | Khabarhub Khabarhub

बहुमतको सरकारका लागि कुनै दलको दाबी परेन : राष्ट्रपति कार्यालय


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेको समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिबाट दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई आज साँझ ९ बजेभित्र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका समर्थनमा प्रधानमन्त्रीमा नियुक्तिका लागि आफ्नो दावी पेश गर्न यही वैशाख २७ गते आह्वान गरिएको थियो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्तिमा बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्मको समयभित्र कसैको पनि दाबी नपरेको जनाइएको छ ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९ बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ ।’

नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम विसं २०७४ फागुन ३ गते नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको प्रस्ताव उपधारा (३) बमोजिम पारित हुन नसकेपछि राष्ट्रपतिबाट सो आह्वान गरिएको थियो ।

 

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  ९ : ५२ बजे

सुनसरीमा दुई जनाको शव फेला

सुनसरी – सुनसरी दुहबी नगरपालिका–४ शिव मन्दिर चोक नजिक निर्माणाधीन

उपेन्द्र यादव भन्छन् : दश वर्ष अगाडि जारी भएको संविधान पुनर्लेखन गर्नुपर्छ

सप्तरी – जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले

छायाँनाथ रारा नगरपालिकामा वडा अध्यक्षद्वारा तालाबन्दी

मुगु – छायाँनाथ रारा नगरपालिका प्रमुख विष्णुकुमार भामले १७ औँ

सूचना प्रविधि विधेयकको नागरिक स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान स्वीकार्य छैनः वर्षमान

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद वर्षमान पुन अनन्तले

सङ्खुवासभामा स्क्रब टाइफस र डेङ्गु सङ्क्रमितका सङ्ख्यामा वृद्धि

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा भाइरल ज्वरो, स्क्रब टाइफस र