डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारको राहत घोषणा « Khabarhub

डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश सरकारको राहत घोषणा


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको एकैपटक मृत्यु भएका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप रु एक/एक लाख दिने घोषणा गरेको छ ।

धनुषाको दक्षिणी सीमावर्ती मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ स्थित पोखरीमा डुबेर स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पूर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया नातिनी ललिताको मृत्यु भएको थियो ।

मृत्यु भएका पाँच बालिकाका परिवारलाई प्रदेश नं २ सरकारले राहतस्वरूप प्रतिपरिवार रु एक लाख दिने घोषणा सरकारका तर्फबाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले गरे ।

मन्त्री यादव निर्वाचित धनुषाको क्षेत्र नं ३ भित्रै घटना भएको पालिका हो । प्रादेशिक अस्पतालमा बालिकाको शव परीक्षणपश्चात परिवारलाई जिम्मा लगाउने बेला अस्पताल पुगेर मन्त्री यादवले पीडित परिवारजनलाई शनिबार भेटेर समवेदना प्रकट गर्दै राहत रकमको घोषणा गरेका हुन् ।

त्यसैगरी क्षेत्र नं ३ कै सङ्घीय सरकारमा नेकपा एमालेको तर्फबाट समानुपातिक सांसद तथा निर्वतमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीसमेत रहेकी जुली महतोले गाउँमै पुगेर पीडित परिवारहरुसँग भेटघाट गर्दै व्यक्तिगत तर्फबाट पाँच परिवारलाई प्रतिपरिवार किरिया खर्चस्वरूप रु १० हजारसहयोग गरे ।

महतोले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै पीडित तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरिन् ।

यसअघि उक्त क्षेत्रबाट निर्वाचित सांसद तथा नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले विज्ञप्ति तथा समाजिक सञ्जालमार्फत शोक सन्देश जारी गरी घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजन र गाउँवासीप्रति समवेदना प्रकट गरेका थिए ।

मृतक पाँचै जनाको शव परीक्षणपश्चात गाउँ लगेर अन्तिम संस्कार गरिएको छ । गरिब विपन्न परिवारका बालिकाहरुको एकै ठाउँमा एकैपटक मृत्यु हुँदा अहिले गाउँ शोकमा डुबेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ८ : ४० बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण