कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप « Khabarhub

कतारमा संक्रमण घट्दो, २७ लाख बढीले लगाए कोरोनाबिरुद्धको खोप


३० जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- नेपालीहरूको श्रम गन्तव्य कतारमा कोरोना संक्रमण घट्दो क्रममा रहेको छ ।

कतारले अबको १ महिनाभित्रै अधिकतम मानिसलाई खोप लगाएर कोभिड संक्रमितलाइ निको पारेर  हर्ड इम्युनिटी हासिल गर्ने लक्ष्य  लिएको पनि जनाएको छ ।

अहिलेसम्म कतारमा २७ लाख ८० हजार ९१६ जनाले कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाइसकेका छन् । खोप नलिएका सबै योग्य व्यक्तिहरूलाई पनि खोप लिन आग्रह गरिएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य निर्देशक शेख डा. मोहम्मद बिन हमद अल थानीलाई उद्धृत पेनिन्सुला कतारले जनाएको छ ।

कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ । पछिल्लो २४ घण्टामा थप १४७ जना नयाँ संक्रमित थपिएका छन्। संगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १९ हजार ६१३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप २१५ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १६ हजार ६९८  पुगेको भने संक्रमणबाट अहिलेसम्म ५७६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा २ हजार ३ सय ३९ वटा ‘एक्टिभ’ केस रहेका छन् भने १६५ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये ८८ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान गुमाएको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०७८, आइतबार  ११ : ५५ बजे

आज जर्सीसँग एकदिवसीय प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जर्सीसँग प्रतिस्पर्धा गर्दैछ

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम– निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके– बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा पुल

राहदानी विभागमा नयाँ प्रणाली सुरु : एक करोड डेटा एकसाथ सारियो

काठमाडौँ – परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा धेरै

हेटौँडामा बाढी: चालकसहित ट्रक बगायो

हेटौँडा- हेटौँडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले